नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
सुर्खेत


  जिल्लाको परिचय

नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने पाँच वटा जिल्लाहरूमध्ये सुर्खेत एउटा विकासोन्मुख जिल्ला हो । भेरी अञ्चलमा अवस्थित जिल्लाहरूमध्ये सुर्खेत जिल्लाको आफ्‍नै विशिष्ट पहिचान र आर्थिक, सामाजिक हैसियत रहेको छ । नेपालको मानचित्रमा यसको फैलावट २८°२०" देखि २८°५८" उत्तरी अक्षांश र ८० ५९" देखि ८२°२" पूर्वी देशान्तरसम्म रहेको छ । समुद्र सतहबाट १९८ मी. (तातापानी) उचाइदेखि २,३६७ मी. (मटेला गुराँसे) उचाइसम्म यस जिल्लाको सतह रहेको छ । पूर्वबाट पश्चिमतर्फ साँघुरिएर फैलिएको सुर्खेत जिल्लाको कूल लम्बाइ ११० कि.मी. रहेको छ भने अधिकतम उत्तर/दक्षिणतर्फको चौडाइ ३० कि.मी. रहेको छ । जिल्लाको करिब १६ प्रतिशत भाग उपत्यकाभित्र र ८४ प्रतिशत भाग पहाडी क्षेत्रमा पर्दछ । यस जिल्लाको पूर्वमा सल्यान, पश्चिममा डोटी र अछाम, उत्तरमा जाजरकोट र दैलेख र दक्षिणमा बर्दिया र कैलाली जिल्लाहरू पर्दछन्‍ । जिल्लाको कूल क्षेत्रफल २,४५१ वर्ग किलोमिटर अर्थात २,४९,०१६ हेक्टर रहेको छ । सहरी क्षेत्रफल ३४ वर्ग कि.मी. र ग्रामीण क्षेत्रफल २,४१७ वर्ग कि.मी. रहेको छ ।

 

सुर्खेत जिल्लालार्इ राजनैतिक वा प्रशासनिक उद्देश्यले ३ वटा निर्वाचन क्षेत्र, ११ वटा इलाका, ३ वटा नगरपालिका र ४० वटा गा.वि.स.हरूमा विभाजन गरिएको छ ।

  • बजार अनुगमन २०७२-३-१८

    सुर्खेत जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका वडा न‌‍‍ ६ मा पर्ने हटिया बजारमा  मिति २०७२।३।१७ गते अनुगमन गरिएकाे छ । अनुगमन जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पाैडेलकाे नेतृत्वमा जिल्ला कृषि विकास कार्यालयका अधिकृत सुरेशकुमार चाैधरी उपभाेक्ता मन्चका अाकाशतारा वयक खाद्य निरीक्षक पुर्णप्रसाद पाैडेल यातायात सेवा कार्यालयका श्री  सम्सेर राना विद्यालय निरीक्षक वलवीर सुनार उद्याेग वाणिज्य स‌घका वासुदेव शर्मा एव‌ प्रहरी टाेली रहेकाे थियाे । अनुगमनमा खाद्य पदार्थ सम्वन्धि अनुगमन गरिएकाे थियाे । म्याद नाघेका भुजा तेल चियापत्ती चकलेट चिउरा अादि व्यापारीले वेच्न राखेकाे पाईएकाेले वरामद गरिएकाे थियाे । बरामद गरिएका खाद्य पदार्थ नस्ट गरिएको छ |

  • बाढी पिडितकाे पुनस्थापना हुने २०७२-३-१८

    सुर्खेत जिल्लामा २०७१ श्रावण २८ र २९ गते परेकाे अविरल बर्षाका कारणले घर क्षाति भएका पिडितहरुकाे घर निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदकाे मिति २०७१।१२।१३ काे निर्णयानुसार  घर निर्माणका लागि  जग्गा नभएका पर्ति परिवारलाई घर निर्माणका लागि रु‍‍ ७५०००।  र जग्गा खरिदका लागि रु‍५००००। गरी जम्मा रु‍ १२५०००। र जग्गा  भएकाका लागि घर निर्माणका लागि रु‍‍ ७५०००। का दरले राहत अनुदान दिने कार्य अन्तिम चरणमा पुगेकाे छ । घर पुर्ण क्षती भएका १४६५ परिवार रहे तापनि छानवीनबाट साे सख्या घट्ने अवस्ठा देखिएकाे छ ।  हाल सम्मका जिल्ला दैवी प्रकाेप  उद्धार समिति सुर्खेतकाे वैठकबाट नेपाल सरकार बाट राहत  अनुदान पाउने परिवार स‌ख्या …

  • सतर्क रहने सम्बन्धमा २०७३-४-९

    अविरल वर्षा भइरहेकाे सन्दर्भमा नदी तथा खोलाको किनारमा रहेका बासिन्दाहरुले पानीकाे सतह बढी बाढी अाउन सक्ने खतरा रहेको हुँदा विशेष सतर्कता अपनाउनुहुन जानकारीको लागि अनुरोध छ ।

  • त्रैमासिक रुपमा प्रगति विवरण पठाउने बारे । २०७२-५-१६

    सुर्खेत जिल्लास्थित सरकारी कार्यालयहरुले यस कार्यालयको वेभसाइट daosurkhet.moha.gov.np मा राखिएको फाराम डाउनलोड गरी सो ढाँचामा त्रैमासिक प्रगति विवरण  (Hard Copy र Soft Copy) तयार गरी अनिवार्यरुपमा  यस कार्यालयमा पठाउनु हुन अनुरोध छ ।

  • सतर्क रहन अाव्हान २०७२-३-१८

    गर्मीयाम शुरु हुन लागेकोले हावा हुरी एबम् अगोलागी बाट क्षति हुन सक्ने  भएकाेले स्थानीय वासिन्दाहरुले सतर्क एव‌ सचेत भई सुरक्षित रुपमा वसाेवास गर्नु हुन अाव्हान गरेिएकाे छ ।

  • खाता खाेल्न अाउने वारे २०७२-३-१८

    वाढी  पिडितकाे पुनस्थापना हुने भएकाेले खाता खाेल्ने सम्वन्धि सुचना सुर्खेत जिल्लामा २०७१ श्रावण २८ र २९ गते परेकाे अविरल बर्षाका कारणले घर क्षाति भएका पिडितहरुकाे घर निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदकाे मिति २०७१।१२।१३ काे निर्णयानुसार घर निर्माणका लागि पर्ति परिवार ७५००० रकम र जग्गा नभएकाका लागि जग्गा खरिदका लागि रु‍ ५००००। का दरले राहत अनुदान दिने  निर्णय भएकाेले अनुदान पाउने पिडितहरुले अाफ्नाे नागरिकता प्रमाण पत्र  र जग्गा भएका व्यक्तिले जग्गा धनी प्रमाण पुर्जा एव‌ गाविस नपाकाे सिफारिस लिएर शहरी बिकास तथा भवन डिभिजन कार्यालय सुर्खेतमा सम्पर्क राख्न जानु हुन अनुराेध छ । नामावली जिल्ला प्रशासन कार्यालय सुर्खेत वा शहरी विकास…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय