Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति, सुर्खेतबाट अनुगमन

२०७९-०९-२१ २०७९-०९-२१

मिति २०७९/०९/२० गतेका दिन जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति, सुर्खेतका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालज्यूको संयोजकत्वमा र वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख निलकण्ठ खनाल, निमित्त जिल्ला समन्वय अधिकारी मेघनाथ सापकोटा, नागरिक समाजका अध्यक्ष पिताम्बर ढकाल, उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष आकाशतारा बयक, प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, कान्तिपुर पत्रकार ज्योति कटुवाल, सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र बहादुर मल्ल, प्रशासकीय अधिकृत पदमलाल लामिछाने र नायब सुब्बा दुर्गा आचार्य समेतको टोलिले सुर्खेत जिल्लास्थित वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र यातायत व्यवस्था कार्यालय, सुर्खेतको अनुगमन तथा निरीक्षण भयो।

निरीक्षणका क्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा अनुगमन गर्दा अधिकांश कर्मचारी कार्यालयको पोसाकमा उपस्थित भएको पाइएन। हाजिरी रजिष्टरको व्यवस्था नगरिएको, उक्त कार्यालयमा ई-हाजिरीको व्यवस्था मात्र रहेको पाइयो। ई-हाजिरी हेर्दा कर्मचारीहरुको उपस्थिति अपडेट रहेको पाइयो। साथै, नगरपालिकाका सबै फाँट/शाखाबाट सेवा प्रवाह चुस्त दुरुस्त रहेको पाइयो।

यस्तै यातायात व्यवस्था कार्यालय, सुर्खेतको अनुगमन गर्दा उक्त कार्यालयमा अधिकांश कर्मचारीहरु कार्यालय पोसाकमा नरहेको पाइयो। अधिकांश कर्मचारीहरुको ई हाजिरी अद्यावधिक नै रहेको थियो। साथै, ई हाजिरीमा केही अपडेट नभएको समेत पाइयो। अनुगमनका क्रममा सेवाग्राहीहरुको गुनासो नआउने गरी गुनासोरहित सेवा प्रदान गर्ने कर्मचारी कार्यालय प्रमुख नभए शाखा प्रमुखसँग कार्यालय बाहित जाँदा अनुमति लिएर मात्र जाने। कार्यालय पोशाकमा उपस्थित हुने समयको पालना गर्ने, यातायत कार्यालय सुर्खेतमा विचौलियाको प्रवेशमा रोक लगाउने र चुस्त दुरुस्त सेवा प्रवाह गर्ने लगायतका विषयमा प्रमुख जिल्ला अधिकारीज्यूबाट निर्देशन दिनुभयो।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 09:57:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .