Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन गरिएको

२०७९-०५-१० २०७९-०५-१०

300783268_405713344965898_6066397175350354165_n.jpg तस्बिर :

दैनिक उपभोग्य वस्तु तथा सेवाको मुल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही सम्बन्धित नियामक निकायले गरिरहेको काम कारबाहीलाई अझ बढी प्रभावकारी र नतिजामुखी बनाई उपभोक्ताहरुको हकहित संरक्षण तथा स्वच्छ बजार प्रवर्द्धन गराउने हेतुले श्री गृह मन्त्रालय (शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा), सिंहदरबार, काठमाडौंको च.नं. १८७, मिति २०७९/०५/०६ गते प्राप्त पत्रानुसार बजार अनुगमन गर्ने सिलसिलामा सुर्खेत जिल्लाको वीरेन्द्रनगर बजारक्षेत्रका विभिन्न पसलहरुमा संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन कार्य गरेको थियो। अनुगमन टोलीबाट म्याद गुज्रेका र अखाद्य वस्तु एवम् लेबल नखुलेका समानहरु नियन्त्रणमा लिई पदाधिकारीहरुकै रोहबरमा नष्ट गरिएको साथै, व्यावसायीहरुलाई नापतौलका साधनहरु चेकजाँच गरी उपभोक्तालाई वस्तुको परिमाण ठीक मात्रामा उपलब्ध गराउने, पसलको सरसफाई लगायत अखाद्य रंगको प्रयोग नगर्ने, उपयुक्त मुल्यमा उपयुक्त वस्तु उपलब्ध गराउने, मुल्यसूची अनिवार्य रुपमा राख्‍ने, बिल बिजक लिने दिने गर्ने लगायतका सुझावहरु दिइएको थियो। उक्त अनुगमन टोलीमा प्रशासकीय अधिकृत श्री हरिप्रसाद देवकोटाका अतिरिक्त खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्री भेष बहादुर थापा, वीरेन्द्रनगर नगरपालिकाका श्री चक्र बहादुर थापा, प्रहरी हवल्दार श्री प्रेम बहादुर चुनारा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष श्री आकाशतारा बयक, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, सुर्खेतका प्रतिनिधि श्री प्रयागराज शर्मा र जिल्ला प्रशासन कार्यालय सुर्खेतका नायब सुब्बा श्री दिप प्रसाद ज्ञवालीसमेतको उपस्थिति रहेको थियो।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 09:57:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .