Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

मंगलवार, कार्तिक ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाकाे परिचय

सुर्खेत जिल्ला कर्णाली प्रदेशको राजधानी तथा सबैभन्दा सुगम जिल्लाको रुपमा रहेको छ। यो जिल्ला नेपालको राजधानी काठमाडौैं देखी करिव ६०० कि.मि. पश्चिममा रहेको छ। चुरे र महाभारत श्रृंखलाको बिचमा अवस्थित कमजोर धरातल भएको भू–भागले बनेको पहाडी जिल्ला हो । यसको भौगालिक अवस्थिति २८०२०’’ – २८०५८’’ उत्तरी अक्षांश र ८००५९’’–८२००२’’ पूर्वी देशान्तरभित्र रहेको छ । समुन्द्र सतहबाट १९८ मी. देखि २३६७ मी. सम्मको उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल २४५१ वर्ग कि.मी. रहेको छ जसमा जिल्लाको सबैभन्दा अग्लो स्थान चिङ्गाड गाउँपालिका वडा नं. ४ स्थित रहेको गुराँसे लेक (समुद्रि सतहबाट २३६७ मिटर) रहेको छ र पञ्चपुरी नगरपालिका १० स्थित तातापानी (समुन्द्रि सतह देखी १९८ मिटर) सबैभन्दा होचो स्थानको रुपमा रहेको छ। यस जिल्लाको पुर्वमा सल्यान र जाजरकोट, पश्चिममा कैलाली, डोटी र अछाम, उत्तरमा दैलेख, दक्षिणमा बाँके र बर्दिया जिल्लाहरु पर्दछन । वि.सं.२०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ४,१५,१२६ रहेको छ जसमध्ये पुरुष १,९९,७४० तथा महिला २,१५,३८६ रहेका छन् । यस जिल्लामा रहेको सहरी क्षेत्रको क्षेत्रफल ३४ बर्ग कि.मि. छ भने ग्रामिण क्षेत्रको क्षेत्रफल २४१७ बर्ग कि.मि. रहेको छ । यस जिल्लालाई प्रतिनिधि सभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ वटा क्षेत्रमा विभाजन गरिएको छ । जिल्लामा ५ नगरपालिका तथा ४ गाँउपालिका रहेका छन् । यस जिल्लामा मुख्य गरी ब्राहृमण, क्षेत्री, मगर तथा दलित जातिहरु बसोवास गर्दछन् । 

जिल्लामा रहेका जातिगत विवरण तपसिल बमोजिम रहेको छ।

 

क्र.सं.जातजातीजनसंख्याप्रतिशत (%)
१क्षेत्री१३१७८६३१.७५
२विश्वर्मा७५२२९१८.१२
३मगर७१६९६१७.२७
४ब्राहमण (पहाडी)५०७३६११.२२
५ठकुरी२६७८८६.४५
६परियार१७८४६४.३०
७मिजार९२६०२.२३
८थारु७८८३१.९०
९गुरुङ्ग५३९७१.३०
१०सन्यासी/दस्नामी४८२७१.१६
११अन्य१३६८३३.३०
कुल जम्मा४१५१२६१००.००

 


पछिल्लो अपडेट गरिएको : 2083-06-30 18:22:48

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत