2076-12-04
2076-12-04

मिति २०७६।१२।०३ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेज्यूको अध्यक्षतामा यातायात व्यवस्थापन सम्वन्धी सरोवालाहरुको बैठक संचालन भयो । उक्त बैठकमा जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवस्थापन सम्वन्धमा यस अघिका विभिन्न मितिमा भएका बैठकका निर्णयहरुको समिक्षा गरिनुका साथै कार्यान्वयन हुन बाँकी रहेका निर्णयहरु यथाशिघ्र कार्यान्वयन गर्ने, नगर क्षेत्र भित्रको सडकमा जेब्रा क्रसिङ, पार्किङ, ट्राफिक संकेत र दुर्घट्ना न्यूनीकरणको व्यवस्था मिलाउन वीरेन्द्रनगर नगरपालिकाले सडक यातायात सम्वन्धमा विस्तृत अध्ययन गरी कार्ययोजना निर्माण गर्ने र सम्वन्धित पक्षलाई सो योजना उपलब्ध गराउने, बजार क्षेत्र भित्रका सडकहरुमा निर्माण सामग्री थुपारी आवागमनमा अवरोध पुर्याएको पाइएकोले त्यस्ता सामग्री सडक क्षेत्रमा थुपार्न नपाउने गरी वीरेन्द्रनगर नगरपालिका र उद्योग बाणिज्य संघ सुर्खेतले आवश्यक व्यवस्था मिलाउने, जिल्ला प्रहरी कार्यालयले यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई व्यवस्थित ढंगले संचालन गर्न सबै यात्रुवाहक र मालवाहक व्यवसायी संगठनहरु तथा साझेदारहरुसंग छलफल गरी सुरक्षित यातायात र आवागमनको व्यवस्था गर्ने र यातायात व्यवसायी संघसंस्थाले सार्वजनिक सवारी साधनमा कोरोना भाइरस विरुद्ध सचेतना अभिवृद्धि गर्न र सावधानीका लागि आवश्यक सामग्री वितरण गर्ने व्यवस्था मिलाउने जस्ता निर्णयहरु भयाे ।