Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

यातायात व्यावसायीहरुसँगकाे छलफल सम्पन्न (२०७८/०३/२२ गते) ।

2078-03-22

2078-03-22


मिति २०७८।०३।२२ गतेका दिन जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालको अध्यक्षतामा जिल्ला स्थित विभिन्न यातायात व्यावसायीहरुका अध्यक्ष एवं प्रतिनिधिहरुसँग यातायात व्यावसायलाई मर्यादित र अनुशासित बनाउने सन्दर्भमा बैठक सम्पन्न भयो । उक्त बैठकबाट मिति २०७८।०१।१४ गते देखि लगाइएको निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधनहरु बन्द रहेकोमा हाल केही खुकुलो गरी जिल्लाभित्र सार्वजनिक सवारी साधनलाई जोर विजोर प्रणाली अपनाई मिति २०७८।०३।१८ गते देखि संचालन हुँदै आएकोमा मिति २०७८।०३।२२ गते देखि जोर विजोर प्रणाली हटाई जिल्लाभित्र यातायात सेवा संचालन गर्ने, कतिपय सवारी साधनहरुले तोकिए भन्दा बढी भाडा लिएको भन्ने गुनासो विभिन्न किसिमबाट सुनिन आएको हुँदा सबै सवारी साधनले तोकिएको मात्र भाडा उठाउने र भाडादर सबै यातायात व्यवसायी कम्पनीहरुले आ–आफ्नो काउण्टरमा र सवारी साधनमा स्पष्ट देखिने गरी टाँस गर्ने, यातायात व्यवसायलाई मर्यादित र अनुशासित बनाउन यस जिल्लामा रहेका यातायात व्यवसायीहरुले आपसमा छलफल गरी निष्कर्षका बुँदा पहिल्याई लागू गर्न जिल्ला स्थित सबै यातायात व्यवसायीलाई अनुरोध गर्ने, यातायातका साधनमा मास्क र सेनिटाइजको व्यवस्था गरी यात्रुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न/गराउन लगाउने, कोभिड–१९ को सम्भावित तेश्रो लहर समेतलाई मध्यनजर गरी बसपार्कमा प्रवेश गर्ने हरेक सवारी साधनलाई न्यूनतम शुल्क लिई निशंक्रमित (Disinfected) गर्ने व्यवस्था मिलाउनका लागि वीरेन्द्रनगर नगरपालिका, सुर्खेतलाई अनुरोध गर्ने, निजी नम्बर प्लेट भएका सवरी साधनहरुले समेत यात्रुहरु ओसार पसार गरेको भन्ने गुनासोका सम्वन्धमा ट्राफिक प्रहरीले निगरानी तथा चेकजाँच गरी यस्तो पाइएमा कानूनी कारवाहीको दायरामा ल्याउने, यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई स्वच्छ एंव छिटो, छरितो बनाउन उक्त कार्यालयको आन्तरिक व्यवस्थापन प्रणाली सुदृढ गर्ने, सबै प्रकारका यात्रुवाहक सवारी साधनले यात्रुहरुलाई अनिवार्य रुपमा टिकट उपलब्ध गराउने जस्ता निर्णयहरु गरियाे ।

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .