2078-12-01
2078-12-01
तस्बिर :
विश्व उपभोक्ता अधिकार दिवस- मार्च १५, २०२२ (२०७८ चैत्र १ गते)
विश्व उपभोक्ता अधिकार दिवस मार्च १५, २०२२ (२०७८ चैत्र १ गते) "सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार" भन्ने नाराका साथ सुर्खेत जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइयो। मिति २०७८ फागुन ३० गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाइमा विभिन्न उपभोक्ता अधिकारसँग सम्बन्धित सरकारी कार्यालय, उपभोक्ता अधिकारकर्मी, संघ/संस्थाको सहभागितामा विद्युतीय कारोबार गरी सञ्चालन भएका वीरेन्द्नगर बजारक्षेत्रका विभिन्न डिपार्टमेन्टल स्टोर र अटो मोबाइल पसलहरुको अनुगमन गरी सल्लाह सुझाव समेत दिइयो भने मिति २०७८ चैत्र १ गते उद्योग, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकारका माननीय मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) ज्यूको समेत उपस्थितीमा उद्योग, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका सचिव श्री मोहनदेव जोशी, प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजाल, विभिन्न कार्यालयका कार्यालय प्रमुख/कर्मचारीहरु, उपभोक्ता अधिकारकर्मी संघ/संस्थाका प्रतिनिधिहरु, पत्रकार समेतको सहभागितामा मंगलगढी चोकबाट प्रभातफेरी कार्यक्रम गरी वीरेन्द्रचोकमा कोणसभामा परिणत भई माननीय मन्त्रीज्यू, प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजाल, उद्योग वाणिज्य संघ, सुर्खेतका अध्यक्ष श्री धन बहादुर रावत र इन्सेक कर्णाली प्रदेशका संयोजक श्री नारायण सुवेदीबाट उपभोक्तालाई सचेत र जागरुक बनाउदै उपभोक्ताको अधिकारप्रति बिक्रेताहरु जिम्मेवार हुन निर्देशन तथा आग्रह गर्दै कार्यक्रम सम्पन्न गरियो।