2078-06-22
2078-06-22
मिति २०७८।०६।२२ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेत, वाणिज्य तथा आपूर्ति कार्यालय नेपालगंज उद्योग वाणिज्य संघ, सुर्खेत, जिल्ला प्रहरी कार्यालय, सुर्खेत, स्थानीय पत्रकार समेतको संयूक्त टोलीबाट वीरेन्द्रनगर बजारक्षेत्रका खाद्य, किनारा तथा मार्ट पसलहरु गरी विभिन्न दशवटा पसलहरुमा अनुगमन भयो । अनुगमनको क्रममा विभिन्न उपभोग्य म्याद समाप्त भएका करिब रु २५०००।– मूल्य बराबरका विभिन्न खाद्य तथा उपभोग्य सामाग्रीहरु (विस्कुट, क्रिम, कोलगेट, सुजी, कोल्ड ड्रिस, दालमोट, पाउरोटी, मसला, खाने तेल आदी ।) नियन्त्रणमा लिई अनुगमन टोलीबाट जलाई नस्ट गरियो । अनुगमनकै क्रममा स्काई जनरल स्टोर सुर्खेतलाई रु ५०००।– जरिवाना समेत गरियो । साथै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, सुर्खेत र जिल्ला प्रशासन कार्यालय, सुर्खेतको अर्को अनुगमन टोलीबाट वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न पसलहरुमा नापतौलका विभिन्न सामाग्रीहरुको अनुगमन गरियो ।
बजार अनुगमनको क्रममा विगतमा भएका अनुगमनको क्रममा दिईएको सुझावहरुको कार्यान्वयन भए/नभएको, मूल्य सुची राखे/नराखेको, पसल दर्ता गरे/नगरेको, खाद्य तथा गैह्र खाद्य सामाग्रीहरुको छुट्टाछुट्टै व्यवस्थापन गरे/नगरेको, उपभोग्य म्याद समाप्त भए/नभएको नापतौलका सामाग्रीहरु दुरुस्त रहे/नरहेको आदी जस्ता कुराहरुलाई ध्यान दिई मालसामानहरुको विक्रि वितरण गर्न सुझावहरु दिईयो ।