2076-12-02
2076-12-02
मिति २०७६ चैत्र २ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वयमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा रहेका १ वटा मेडिकल, १ वटा पोलिक्लिनिक एण्ड डाइगोनोस्टिक सेन्टर, २ वटा आयल स्टोर, २ वटा एल.पी. ग्याँस डिलर का साथ साथै १ वटा खुद्रा पसलको समेत अनुगमन गरेको छ । अनुगमनको क्रममा खुद्रा पसलबाट १५ प्याकेट म्याद नाघेको सूचीको पिठो फेला पारी उक्त पिठो नष्ट समेत गरेको र अन्य स्थानहरुको अवस्था सामान्य रहेको पाइयाे ।