Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

विपद् सम्वन्धी कृत्रिम घटना अभ्यास (Simulation) कार्यक्रम संचालन

2076-02-27

2076-02-27


s1(1).jpg तस्बिर : उत्तम शर्मा

मिति २०७६।०२।२५ गते सुर्खेत जिल्लाको भेरी नदी निनारमा रहेको बराहताल गाउँपालिका वडा नं. २ स्थिति थापाडेरामा जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा जिल्ला विपद् व्यवस्थापन समितिका विभिन्न क्षेत्रगत अगुवाको अगुवाईमा नेपाली सेनाको नयाँ सबुज गणका विभिन्न अधिकृत तथा पदिक र जवानबाट विपद् सम्वन्धिका विभिन्न घटनाको खोज तथा उद्धारको Simulation र सशस्त्र प्रहरी बल नेपालबाट डुङ्गा मार्फत उद्धार तथा खोज कार्यको अभ्यासका साथै नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीले विभिन्न क्रियाकलापमा सहभागी भइ Simulation कार्य सम्पन्न भयो ।

उक्त घटना अभ्यासमा विपद् व्यवस्थापन समितिका विभिन्न क्षेत्रगत उप–समितिका सदस्यहरुबाट विपदमा गर्नुपर्ने आ–आफ्नो भूमिका प्रर्दशन गरेका थिए । उक्त घटना अभ्यास कार्यक्रममा उत्तर पश्चिम पृतना हेड क्वाटरका पृतनापति श्री सरोज प्रताप राणा र प्रमुख जिल्ला अधिकारी श्री फणिन्द्र मणि पोखरेलज्यू का साथै सबै सुरक्षा निकायका प्रमुख एवं बराहताल गाउँपालिकाका अध्यक्ष लगायत स्थानीयवासीले विपद्मा गरिने खोज उद्धारका साथै राहत वितरण सम्वन्धी कार्यको अवलोकन गरेका थिए । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .