2077-08-25
2077-08-25
मिति २०७७।०८।२५ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा नदीजन्य पदार्थ उत्खनन, संकलन, प्रशोधन, विक्री वितरण एवं वालुवा प्रशोधन तथा क्रसर उद्योगसंग सम्वन्धित उद्योग व्यवसायीहरु संग उद्योगहरुलाई व्यवस्थित गरी संचालन गर्ने सम्वन्धी बैठक सम्पन्न भयो । उक्त बैठकबाट यस जिल्ला भित्र हाल संचालनमा रहेका वालुवा प्रशोधन तथा क्रसर उद्योगहरुको अनुगमनबाट प्राप्त निष्कर्ष अनुसार कतिपय उद्योगहरु उद्देश्य विपरीत संचालनमा रहेका र कतिपय मापदण्ड विपरीत रहेको पाइएकोले तत्काल उद्देश्य अनुरुप मात्र संचालन गर्न र तोकिएको मापदण्ड पूरा गरी संचालन गर्ने प्रतिवद्धता गर्नुका साथै हालको मापदण्ड अनुसार कर्णाली प्रदेशको सुर्खेत जिल्लाभर कुनै पनि स्थानमा उद्योग संचालन हुन सक्ने अवस्था नरहेको भन्ने बुझिएकोले भौगोलिक विशिष्टता अनुरुप (दूरी कायम गर्न) मापदण्ड संशोधन गर्नका लागि सम्वन्धित निकायमा अनुरोध गर्ने, नदीजन्य श्रोत भन्दा खानीमा आधारित उद्योग संचालनमा प्रोत्साहन दिनको लागि सम्वन्धित निकायमा अनुरोध गर्ने, नदीजन्य श्रोतहरु स्थानीय तहबाट संकलन गराई घाटगद्दी स्टक प्रमाणित गराउने र उद्योगहरुलाई विक्री वितरण गर्ने व्यवस्था मिलाउन सम्वन्धित स्थानीय तहलाई अनुरोध गर्ने, अस्थायी क्रसर उद्योगहरुले अनिवार्य रुपमा परिमाण र अवधि सम्वन्धित निकायबाट प्रमाणित गराई आवश्यक मात्रामा मात्र उत्पादन गर्ने र ढुङ्गा, गिट्टी, वालुवा आदिको उत्खनन तथा संकलन कार्यलाई वर्ष गरी नै संचालन गर्न पाउने ऐन नियममा संशोधन गर्न सम्वन्धित निकायमा अनुरोध गर्ने जस्ता निर्णयहरु भयाे ।