2077-03-18
2077-03-18

मिति २०७७।०३।१८ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्लाका विभिन्न मासु व्यवसायी, दाना व्यवसायी तथा सप्लायर्स समेतको उपस्थितिमा छलफल सम्पन्न भयो । उक्त आपसी छलफलबाट हालको बन्दाबन्दीको अवस्थालाई मध्यनजर गर्दै १५ दिन पछि पुनः समीक्षा गरी मूल्य निर्धारण गर्ने गरी हाललाई जिउँदो बोइलर कुखुराको मूल्य प्रति के.जी. रु २८०।– र बोइलर कुखुराको तयारी मासु प्रति के.जी. रु ४५०।– कायम हुने गरी विक्री वितरण गर्ने गरी सहमति भयो ।
