Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

उप-प्रमुख एंव उपाध्यक्षज्यूहरु संगकाे छलफल सम्पन्न (२०७७।०२।३०)

2077-02-30

2077-02-30


मिति २०७७ जेष्ठ ३० गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षता जिल्ला स्थित स्थानीय तहका उप–प्रमुख एं‌व उपाध्यक्षज्यूहरुको उपस्थितिमा बैठक सम्पन्न भयाे । उक्त बैठकबाट क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको अवधि पुरा गरी होम क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था रहेकोले त्यस्ता व्यक्तिहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राखी क्वारेन्टाइनमा बसे÷नबसेको अनुगमन व्यवस्था मिलाउने साथै सामाजिक पुर्नस्थापनाको लागि मनोसामाजिक परामर्श जस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिने, जिल्ला स्थित नगरपालिका/गाउँपालिकाहरुले बजार अनुगमन कार्यलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि संयोजक तोकी बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउनेका साथ साथै नगरपालिका/गाउँपालिकाहरुमा उप–प्रमुखको संयोजकत्वमा भएको न्यायिक समितिमा पेश हुने गुनासोहरुलाई समयमै सम्वोधन गरी न्यायिक सुशासनलाई प्रवद्र्धन गर्ने जस्ता निर्णयहरु भयाे ।

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .