2075-08-11
2075-08-11
नेपाल नागरिकता ऐन, २०६३ को दफा २२ र नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्य संचालन निर्देशिका, २१०७० बमोजिम नागरिकता प्रमाणपत्र वितरण कार्यलाई सरल र सहज बनाउन तथा जिल्लाको दुर्गम क्षेत्रका नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय, सुर्खेले मिति २०७५ मंसिर ६ र ७ गते सिम्ता गाउँपालिकाको समन्वयमा सिम्ता गाउँपालिका स्थित जामुनेबजारमा एकीकृत घुम्ती शिविर संचालन गरेको थियो । उक्त शिविरको पहिलो दिन मंसिर ६ गते प्रमुख जिल्ला अधिकारी श्री वीरेन्द्र कुमार यादवज्यूको प्रमुख आतिथ्यता र सम्तिभा गाउँपालिकाका अध्यक्ष श्री कविन्द्र कुमार के.सी. ज्यूको अध्यक्षतामा उक्त कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी, नेपाली सेनाका प्रमुख सोनी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बल नेपालका प्रहरी उपरीक्षक, सिम्ता गाउँपालिकाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रम पश्चात गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई समेतको कार्यक्रम रहेको थियो । सार्वजनिक सुसुवाईको क्रममा स्थानीय तह तथा जिल्ला स्थित कार्यालयहरुबाट प्रवाह गरिने सेवाको सन्दर्भमा सम्वन्धित स्थानीय निकायका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, प्रमुख सेनानी, प्रहरी उपरिक्षकहरुबाट स्थानीय जनताकाे जिज्ञासा तथा गुनासाे सुन्ने काम समेत भएकाे थियाे । नागरिकता प्रमाणपत्र वितरण, आधारभूत स्वास्थ्य सेवा प्रवाह, मतदाता नामावली विवरण अध्यवधिक, जेष्ठ नागरिक परिचत्र पत्र वितरण, कृषि तथा पशु सेवा प्रवाह लगायतका सेवा प्रवाह मार्फत जम्मा २१८२ जना सिम्ता गाउँपालिकाका नागरिकले निशुल्क सेवा प्राप्त गरेका थिए ।