2077-10-03
2077-10-03
मिति २०७७।१०।०३ गते श्रीमान् गृह सचिव महेश्वर न्यौपानेज्यूबाट जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैर आवासीय भवनको शिलान्यास गर्नुका साथै जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको नव निर्मित भवनको समुद्घाटन सु–सम्पन्न भयो । त्यसै गरी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूको अध्यक्षता तथा श्रीमान् गृह सचिवज्यूको विशेष आतिथ्यतामा सुर्खेत, दैलेख, सल्यान, बाँके, बर्दिया, जाजरकोट र अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारीज्यूहरुको उपस्थितिमा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक समेत सम्पन्न भयो । उक्त कार्यक्रमहरुमा श्रीमान् सचिवज्यूबाट नयाँ भवनको काम तोकिएको समयमा सम्पन्न गर्न, जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रबाट प्रभावकारी रुपमा कार्य सम्पादन गर्न एवं सबै जिल्लाहरुले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नको लागि आवश्यक निर्देशनहरु दिनुभयो ।



