1 महिना अगाडी
2078-12-30
मिति २०७८ चैत्र ३० गते प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा सुर्खेत जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख/प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु समेतको उपस्थितिमा आगमी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि निर्वाचन आचार संहिता लगायत निर्वाचनमा पालना गर्नुपर्ने विविध विषयहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा सर्वदलिय बैठक बसी विभिन्न निर्णयहरु गरियो । उक्त बैठकबाट निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचार संहिता २०७८ को बारेमा प्रदेश निर्वाचन कार्यालयबाट प्रस्तुतिकरण गर्नुका साथै स्थानीय तह निर्वाचन आचार संहिता २०७८ मा उल्लेखित बुँदाहरुलाई पूर्ण रुपमा पालना गर्न सबै राजनैतिक दलहरुले समन्वय र सूचना आदान प्रदान गरी प्रभावकारी कार्यान्वयन गर्ने/गराउने प्रतिवद्धता व्यक्त गरियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत
Powered By: ProActive Developers