2076-06-04
2076-06-04
आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेश सरकारको आयोजनामा “संविधान दिवस २०७६” लाई भव्य र सम्भ रुपमा मनाउनका लागि सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थित मंगलगढी चोकबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा कर्णाली प्रदेशका मुख्त्री मन्त्री महेन्द्र बहादुर शाहीज्यूको नेतृत्वमा, कर्णाली प्रदेशका मन्त्रीज्यूहरु, प्रमुख जिल्ला अधिकारीज्यू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको प्रमुखज्यूहरु, सरकारी कार्यालयका कर्मचारीहरु, पत्रकारहरु र अन्य सर्वसाधारणहरुको सहभागितामा विभिन्न भेषभुषा झल्किने झाकी सहितकाे ¥याली शुरु गरी बजार परिक्रममा पश्चात वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ स्थित खुल्ला मञ्चमा आई कर्णाली प्रदेश प्रमुखज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो ।
