Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

सेवा प्रदायक सरकारी कार्यालय, संस्थान र राष्ट्रिय बाणिज्य बैङ्ककाे प्रमुखज्यूहरु संगकाे छलफल (२०७७।०४।२३)

2077-04-23

2077-04-23


नोभेल कोरोना रोगबाट यस जिल्लामा समेत कोभिड–१९ को संक्रमण दर बढिरहेकोले सो को रोकथाम, नियन्त्रण तथा संक्रमण हुन नदिनका लागि जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (DCCMC) को मिति २०७७।०४।२० को निर्णयबाट समेत मानिसहरु जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, तालिम, जात्रा, महोत्सवमा रोक लगाइएता पनि सरकारी सेवा प्रवाह गर्ने कार्यालयहरुमा अत्याधिक रुपमा सेवाग्राहीको भिड बढी रहेको कारण संक्रमणको जोखिम उच्च हुने देखिएकोले मिति २०७७।०४।२३ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्लामा रहेका सेवाग्राहीको बढी चाप हुने सरकारी कार्यालयहरु (मालपोत, नापी, यातायात), संस्थान (विद्युत, खानेपानी) तथा राष्ट्रिय बाणिज्य बैंकको प्रमुखज्यूको उपस्थितिमा उक्त जोखिम कम गरी सेवा प्रवाह गर्नको लागि के कस्तो उपाय अवलम्वन गरी सेवाग्राहीहरुलाई छिटो, छरितो एवं सुरक्षित तरिकाले सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो । उक्त छलफलबाट टोकन प्रणाली लागु गर्ने, अनलाइन सेवालाई प्राथमिकता दिने, बैंकले सरकारी कार्यालयहरुको कामकाज ३ बजे पछि मात्र गर्ने, बैंकिङ कारोवारलाई थप १ घण्टा बढाउने लगायतका निर्णयहरु भयो । साथै कार्यालयहरुले सेवा प्रवाह गर्न गरिएका व्यवस्था र नितिगत समस्याहरुको बारेमा छलफल गरी जिल्ला प्रशासन कार्यालय, सुर्खेतलाई जानकारी गराउने निर्णयहरु भयो । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .