Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

स्थानीय तहका प्रमुखहरु तथा सुरक्षा निकायका प्रमुखहरु संगकाे समन्वय बैठक सम्पन्न (२०७७।०७।०३ गते)

2077-07-03

2077-07-03


मिति २०७७।०७।०३ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्ला स्थित स्थानीय तहका प्रमुखज्यूहरु र जिल्लाका सुरक्षा निकायका प्रमुखज्यूहरुसंग जिल्लाको समसामयिक विषयमा छलफल हुनुका साथै अन्र्तक्रिया सम्पन्न भयो । उक्त छलफलबाट जिल्लाका विभिन्न स्थानीय तहहरुमा भएको COVID-19 को संक्रमण रोकथाम तथा नियन्त्रणका सम्वन्धमा भइरहेका कार्यहरुको समिक्षा गर्नुका साथै नजिकिदै गरेको विजयादशमी तथा शुभ दिपावली, छठ पर्व समेतलाई मध्यनजर गरी जिल्लामा तयार गरिएको चाडपर्व लक्षित सुरक्षा योजना, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै स्थानीय तहले आवश्यक सहयोग गर्ने तथा अवैध मदिराको नियन्त्रण, लागुऔषध, जुवातास आदि जस्ता गैरकानुनी क्रियाकलापबाट जनस्तरमा पर्ने प्रभावलाई मध्यनजर गरी सो को रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग गर्न सबैमा अपिल गर्ने र चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि जस्ता कार्य हुन नदिन बजार अनुगमन कार्यलाई तिव्रता दिई उपभोक्ताको हित संरक्षण कार्यमा संवेदनशील हुने जस्ता विषयहरुमा निर्णय गरियो । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .