2076-12-07
2076-12-07
मिति २०७६।१२।०७ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुसंग को समन्वय बैठक संचालन भयो । उक्त बैठकबाट कोरोना भाइरस (COVID-19) को विश्वव्यापी संक्रमण फैलिरहेको सन्दर्भमा जिल्लाको सबै स्थानीय तहहरुले सावधानी तथा सतर्कता अपनाउने एवं संक्रमण फैलिन नदिन सचेतनामूलक कार्यक्रम, प्रचारप्रसार गर्ने साथै यसबाट हुन सक्ने विपद्लाई समेत मध्यनजर गरी Emergency Shelter (आश्रय स्थल) पहिचान गर्न ठूला सार्वजनिक भवन, विद्यालय, सार्वजनिक खाली जमिन आदि पहिचान गरी राख्ने, गृह मन्त्रलायको च.नं. ३३४७ मिति २०७६।१२।०६ को पत्र साथ प्राप्त COVID-19 संक्रमण, रोकथाम र नियन्त्रण सम्वन्धी उच्च स्तरीय समन्वय समितिको निर्णयहरु अनिवार्य रुपमा कार्यान्वयन गर्न स्थानीय तह अन्र्तगतका सबै शाखा, उप–शाखाले व्यवस्था मिलाउने, चैत्र र बैशाख महिनामा हावाहुरीका कारण वनजंगलमा आगलागी तथा डढेलो लाग्ने र सोही कारणबाट वनजंगल साथै नागरिकको धनजनको समेत क्षति हुन सक्ने हुँदा स्थानीय तहहरुले विभिन्न संघसंस्थाहरु संग समेत समन्वय गरी सचेतना एवं नियन्त्रणको व्यवस्था मिलाउने, यस जिल्लाका विभिन्न स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रका नदी, खोलाबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन तथा संकलन गर्नका लागि ठेक्का सम्झौता भएकोमा I.E.E. प्रतिवेदनमा तोकिए बमोजिमको परिमाण र मापदण्ड अनुरुप भए नभएको अनुगमन गरी आफ्नो क्षेत्र भित्रका नदीजन्य पदार्थको उत्खनन र निकासी एवं नियन्त्रणको व्यवस्था मिलाउने र आर्थिक वर्षको अन्तिम चौमासिक शुरु भइसकेको हुँदा सबै स्थानीय तहहरुले संचालन गरेका विकास निर्माणका कार्यहरुको सम्वन्धमा ठेक्का सम्झौता बमोजिमको कार्य प्रगति भए नभएको अनुगमन गरी विकास निर्माणको कार्यलाई तिव्रता जस्ता निर्णयहरु भयाे ।