2078-01-29
2078-01-29

मिति २०७८।०१।२९ गते Zoom Meeting मा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालज्यूको अध्यक्षतामा जिल्ला स्थित सम्पूर्ण पालिकाहरुको प्रमुख/अध्यक्ष, उप–प्रमुख/उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्का, प्रदेश अस्पताल कर्णाली प्रदेश, सुर्खेतका चिकित्सक डा. नवराज के.सी., डा. प्रदिप न्यौपाने, वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्ले, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, पत्रकार नगेन्द्र उपाध्याय लगायतको उपस्थितिमा जिल्लामा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि हाल भए गरेका प्रयासहरुको बारेमा समिक्षा गरियो । डा. रविन खड्का, डा. नवराज के.सी. र वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेबाट यस महामारीको जटिल अवस्थामा स्थानीय तहमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुले आफ्नो तहबाट निभाउनु पर्ने भूमिका, अत्यावश्यक औषधी लगायत स्वास्थ्य सामाग्री एवं उपकरणहरुको प्रयोग, कोभिड–१९ बाट मृत्यु भएको शवहरुको व्यवस्थापन जस्ता विषयहरुमा छलफल गरियो । स्थानीय तहहरुमा संचालनमा रहेका आइसोलेशनहरुमा प्रर्याप्त मात्रामा अक्सिजन सिलिन्डरहरुको अभावको अवस्था रहेको हुँदा अक्सिजनको विकल्पमा Oxygen Concentrator को प्रयोगमा जोड दिनुका साथै अत्यावश्यक औषधी लगायत परीक्षणका लागि आवश्यक पर्ने किटहरुको सहज रुपमा उपलब्धताको लागि स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले समन्वय र सहजीकरण गर्ने र शुक्रवार पुनः बैठक बसी थप विषयहरुमा छलफल गर्ने निर्णय गरियो ।
