2075-11-27
2075-11-27
तस्बिर : देवप्रसाद उपाध्याय
गृह मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, सुर्खेतको समन्वयमा सुर्खेत जिल्ला स्थित वीरेन्द्रनगरमा २०७५ फागुन २३, २४ र २५ गते प्रदेश स्तरीय सुरक्षा गोष्ठी संचालन भएको थियो । गृह सचिव प्रेम कुमार राईज्यूको अध्यक्षता र माननीय गृह मन्त्री राम बहादुर थापा ‘बादल’ ज्यूको प्रमुख आतिथ्यता सुरक्षा गोष्ठी संचालन भएको थियो । उक्त गोष्ठीमा कर्णाली प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, कर्णाली प्रदेशका प्रमुख सचिव श्री राम प्रसाद थपलिया, नेपाली प्रहरी संगठन प्रमुख, सशस्त्र प्रहरी बल संगठन प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख लगायत कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरुको सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।