Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सुर्खेतको बजार क्षेत्रका पसलहरुमा संयुक्त बजार अनुगमन टोलीबाट अनुगमन

२०७९-०३-१९ २०७९-०३-१९

४.png तस्बिर :

दैनिक उपभोग्य वस्तु तथा सेवाको मुल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही सम्बन्धित नियामक निकायले गरिरहेको काम कारबाहीलाई अझ बढी प्रभावकारी र नतिजामुखी बनाई उपभोक्ताहरुको हकहित संरक्षण तथा स्वच्छ बजार प्रवर्द्धन गराउने हेतुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दिलेन्द्र प्रसाद बडुज्यूको उपस्थितिमा मिति २०७९/03/12 गते बसेको बैठकको निर्णयानुसार मिति २०७९/03/17 गते दिउसो ११:०० बजे देशैभर एकै समयमा बजार अनुगमन गर्ने सिलसिलामा सुर्खेत जिल्लाको वीरेन्द्रनगर बजारक्षेत्रका विभिन्न पसलहरुमा प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालज्यू सहितको संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमन कार्य गरेको थियो। अनुगमन टोलीबाट बुलबुले आयल स्टोर, न्यू भैरहवा ट्रेडर्स, सगरमाथा मिष्ठान्न भण्डार, मानिकेज सुर्खेत लगायतका पसलहरुमा प्रतिनिधिमूलक अनुगमन गर्दा नापतौलका साधनहरु चेकजाँच गरी उपभोक्तालाई वस्तुको परिमाण ठीक मात्रामा उपलब्ध गराउने, पसलको सरसफाई लगायत अखाद्य रंगको प्रयोग नगर्ने, उपयुक्त मुल्यमा उपयुक्त वस्तु उपलब्ध गराउने, मुल्यसूची अनिवार्य रुपमा राख्‍ने, बिल बिजक लिने दिने गर्ने लगायतका सुझावहरु दिइएको थियो। उक्त अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारीका अतिरिक्त वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख श्री नीलकण्ठ खनाल, जिल्ला समन्वय अधिकारी श्री बाबुराम नेपाली, सहायक प्रमुख जिल्ला अधिकारी श्री ईश्‍वरीप्रसाद पाण्डे, प्रहरी उपरीक्षक श्री पदम बहादुर बिष्ट, नागरिक समाजका अध्यक्ष श्री पीताम्बर ढकाल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष श्री आकाशतारा बयक, वीरेन्द्रनगर नगरपालिका सुशासन समितिका संयोजक श्री टीकाराम शर्मा, नेपाल आयल निगम सुर्खेतका कार्यालय प्रमुख श्री राजकुमार के.सी., गुणस्तर तथा नापतौल कार्यालयका कार्यालय प्रमुख श्री टोपेन्द्र वि.क., खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख श्री भेषबहादुर थापा र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, सुर्खेतका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 09:57:31

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .