2078-03-24
2078-03-24

मिति २०७८।०३।२४ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा सुर्खेत जिल्लामा विद्युत आपूर्ति र विद्युतीकरण सम्वन्धी समस्यामा छलफल सम्वन्धी बैठक सम्पन्न भयो । उक्त बैठकबाट सुर्खेत जिल्लामा विद्युत आपूर्तिलाई नियमित र प्रभावकारी बनाउन बुस कटिङ तथा लाइनहरु मर्मत सम्भार गर्ने लगायतका कार्यहरु तदारुकताका साथ गर्ने, सेवा प्रवाहलाई व्यवस्थित गर्न सेवाग्राहीको गुनासोको यथासमयमै सुनुवाई गर्ने, विद्युत महशुल तिर्न आउने सेवाग्राहीहरुलाई स्वास्थ्य सम्वन्धी मापदण्डको पालना गर्न लगाउने र आवश्यकतानुसार कार्य समयलाई लचकदार (Flexi Timing) बनाउने, जनशक्ति न्यून भई सेवा प्रवाहमा असर परेको भए नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय तथा केन्द्रीय कार्यालयमा समन्वय गरी रिक्त पदपूर्तिको लागि शिध्र पहल गर्ने, सडक निर्माण गर्ने निकाय तथा सम्वन्धित स्थानीय तहसंग समन्वय गरी सडकको विचमा रहेका विद्युतका पोलहरु अविलम्व स्थानान्तरण गर्ने, काठका जिर्ण पोलहरुका कारण दुर्घटना समेत हुनसक्ने अवस्थालाई दृष्टिगत गरी त्यस्ता पोलहरु प्रतिस्थापन (Replace) गर्ने, स्थानीय तह र सडक निर्माण गर्ने निकायहरुसंग समन्वय गरी सडकको क्षेत्राधिकार यकिन गरेर मात्र पोल गाड्ने र जिल्लाभित्रको समग्र विद्युतीकरण र विद्युत आपूर्ति प्रणालीलाई स्तरोन्नती गर्न स्पष्ट दृष्टिकोणका साथ कार्ययोजना तर्जुमा गरी काम गर्ने जस्ता निर्णयहरु गरियाे ।