2077-07-05
2077-07-05
मिति २०७७।०७।०५ गते जिल्ला प्रशासन कार्यालय सुर्खेत, सिम्ता गाउँपालिका, इलाका प्रहरी कार्यालय बादेपिपल, उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकाहरुको संयुक्त अनुगमन समितिले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नंं ६ स्थित जामुनेबजारमा रहेका ४० वटा खाद्य तथा किराना पसलहरुको अनुगमन गरियो । उक्त अनुगमनको क्रममा धेरै जसो पसलहरु दर्ता नभएको, सबै पसलहरुले मूल्यसूची नराखेको, नापतौलका उपकरणहरु समेत प्रमाणिकरण नगरेको पाइयो । त्यसै गरी अनुगमनको क्रममा केही म्याद नाघेका खाद्य वस्तुहरु समेत बरामद गर्नुको साथै उक्त पसलहरुलाई नापतौलका उपकरणहरु अनिवार्य रुपमा प्रमाणिकरण गर्ने, एक महिना भित्र सबै पसलहरु दर्ता गर्ने, मूल्यसूची राख्ने जस्ता सुझावहरु दिनुको साथै उक्त प्रक्रियाहरु पुरा गरे नगरेको सम्वन्धमा अनुगमन गर्न गाउँपालिका अनुरोध गरिएको ।