6 महिना अगाडी
2079-03-22
मिति २०७९ असार २२ गते सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा जिल्लास्थित सबै कार्यालय/संघसंस्था/सार्वजनिक निकायहरुका सूचना अधिकारीको बैठक सम्पन्न भयो। उक्त बैठकमा जिल्लास्थित सबै कार्यालय/संघसंस्था/सार्वजनिक निकायहरुबाट हुने सूचना प्रवाहको स्थिति, सूचना प्रवाह गर्न देखिएका कठिनाईहरुका सम्बन्धमा समीक्षा गरियो। साथै, सूचना प्रवाह गर्दा सूचनाको बैधता तथा समयलाई विशेष ख्याल राखी सम्बन्धित सरोकारवाला सबैमा सूचना प्रवाह गर्ने, सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५ मा भएका सूचनाको कार्यान्वयन सम्बन्धी व्यवस्था र सूचनाको हक कार्यान्यन सम्बन्धी अनुगमन निर्देशिकामा भएका व्यवस्थाहरुका बारेमा सहायक प्रमुख जिल्ला अधिकारी श्री ईश्वरीप्रसाद पाण्डेज्यूबाट प्रस्तुतिकरण भई बैठकमा छलफल गरिनुका साथै, सूचना माग सम्बन्धी अभिलेख र सूचना उपलब्ध गराइएको विवरण नियमित रुपमा अद्यावधिक गरी राख्ने, प्रत्येक ३/३ महिनामा गर्नुपर्ने स्वतः प्रकाशन श्रावण पहिलो हप्ता भित्र गरी जिल्ला प्रशासन कार्यालयमा जानकारी दिने र हालसम्म वेभसाइट निर्माण नगरेका कार्यालयहरुले वेभसाइट निर्माणका लागि पहल गर्ने र वेभसाइट निर्माण गरी कार्यान्वयन भइरहेका कार्यालयहरुले नियमित रुपमा अद्यावधिक गरीराख्ने जस्ता निर्णयहरु भयो।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत
Powered By: ProActive Developers