1 महिना अगाडी
2079-01-04
मिति २०७९ बैशाख ०४ गते प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालज्यूको अध्यक्षतामा सुर्खेत जिल्लाका सरकारी कार्यालय/संस्थानका सूचना अधिकारीहरुकाे बैठक जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा बसी विभिन्न निर्णयहरु गरियो । उक्त बैठकबाट जिल्ला जिल्लास्थित सबै कार्यालय/संघसस्था/सार्वजनिक निकायबाट हुने सूचना प्रवाहको स्थिति, सूचना प्रवाह गर्न देखिएका कठिनाइहरुको सम्बन्धमा समिक्षा गर्नुका साथै सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा (३) बमोजिमको प्रयोजनका लागि सूचना वर्गीकरण समिति समक्ष पेश गर्न आ–आफ्नो कार्यालयबाट प्रवाह हुने सूचनालाई तोकिए बेमाजिमको फारममा वर्गीकरण गरी यथाशीध्र सम्बन्धित निकायमा पठाउने साथै प्रत्येक कार्यालय/निकायहरुमा तयार गरिएका वेभसाइटहरु नियमित रुपमा अद्यावधिक गरी सूचनालाई प्रभावकारी बनाउने जस्ता निर्णयहरु भयो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत
Powered By: ProActive Developers