2077-04-12
2077-04-12
मिति २०७७।०४।११ गतेका दिन श्रीमान प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्ला स्थित कार्यालयहरुको सूचना अधिकारीहरुको बैठक सम्पन्न भयाे । उक्त बैठकबाट सबै सार्वजनिक निकायका सूचना अधिकारीहरुले सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५ (३) बमोजिम कार्यालयले ३/३ महिनामा प्रकाशन गर्नुपर्ने विवरण (स्वतः प्रकाशन Pro-Active Disclosure) यहि मिति २०७७।०४।१५ भित्र प्रकाशन गरी १ प्रति जिल्ला प्रशासन कार्यालयमा समेत पठाउने, प्रत्येक सार्वजनिक निकायबाट प्रवाह हुने सेवालाई पारदर्शी बनाउने तथा सार्वजनिक महत्वको सूचनालाई आमनागरिकको सरल पहुँच र प्रवाहमा सरलता ल्याउन पहल गर्ने, सूचना अधिकारीबाट समय समयमा प्रवाह गर्नका लागि समय समयमा सूचना अधिकारीलाई अभिमुखीकरण तालिमको व्यवस्था हुनुपर्ने देखिएकोले जिल्लामा सो को व्यवस्था मिलाई दिन सूचना आयोगमा अनुरोध गर्ने जस्ता निर्णय गरियो ।