2077-08-21
2077-08-21

नेपाल सरकारको नीति तथा कार्यक्रममा नागरिकका वैयक्तिक तथा जैविक विवरण समेटिएको एकिकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको लागि नागरिकलाई पृथक नम्बर सहितको राष्ट्रिय परिचय पत्र वितरण कार्यको लागि सबै जिल्ला प्रशासन कार्यालयहरुमा विवरण दर्ता इकाई स्थापना भएको छ । सोही प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा पनि स्थापना भएको विवरण दर्ता इकाईबाट मिति २०७७।०८।२१ गतेका दिन प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूको विवरण दर्ता गरी विवरण दर्ता कार्य सुचारु गरियो ।
