Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रमुख प्रशासकीय अधिकृतहरुसंगको बैठक सम्पन्न (२०७७।०४।१८)

2077-04-19

2077-04-19


मिति २०७७।०४।१८ गतेका दिन श्रीमान प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्ला स्थित स्थानीय तहहरुको प्रमुख प्रशासकीय अधिकृतहरु संगको बैठक सम्पन्न भयाे । उक्त बैठकबाट वर्षायामसंगसंगै सक्रिय मनसुनको प्रभाव बढ्दै गएकोले बाढी, पहिरो जस्ता विपद्का घट्ना घट्न सक्ने हुँदा स्थानीय विपद् व्यवस्थापन समिति (LDMC) को बैठक राखी विपद्को सन्दर्भमा तत्काल खटिन सक्ने समूह (QRT) गठन गरी उक्त समूहलाई तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राख्ने, तत्काल विपद्बाट पिडित व्यक्तिलाई राहत उपलब्ध गराउन सक्ने राहत सामाग्रीको व्यवस्थापनका लागि विभिन्न संघसंस्थाहरुसंग समन्वय गरी तयारी अवस्थामा रहन सक्रियता देखाउने साथै विपद् व्यवस्थापन कोषमा रकम वृद्धि गर्न पहल गर्ने, निकट समयमा नै DEOC स्थापना गर्नको लागि भवनको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएकोले लागत सहभागिताका आधारमा सबै स्थानीय तहले अपनत्व लिने, कोभिड–१९ को संक्रमणदर हालसम्म नघटेका कारण सबै स्थानीय तहले सुरक्षा सर्तकता अपनाउँदै सो रोग व्यवस्थापनका लागि संवेदनशिल रही क्रियाशिलता देखाउने, नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, वालुवा) को उत्खनन तथा व्यवस्थापनका लागि हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएको मापदण्ड, २०७७ काे मापदण्ड बमोजिम प्रत्येक स्थानीय तहले पालना गर्नुपर्ने शर्त तथा कार्यहरु समयमै सम्पन्न गरी प्रभावकारी कार्यान्वयन गर्ने र प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्र भित्र जारी गर्दै आएको सरकारी सवारी पासको सन्दर्भमा सरकारी सवारी साधनको दुरुपयोग नहुने गरी, अनाधिकृत व्यक्तिले समेत प्रयोग गर्न नपाउने गरी व्यवस्थापन गर्ने जस्ता निर्णयहरु भएकाे थियाे । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .