Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

प्रमुख जिल्ला अधिकारीबाट ब्रम्हाण समाजका सदस्यहरु संगको छलफल (२०७७।०५।१४)

2077-05-14

2077-05-14


प्रमुख जिल्ला अधिकारीबाट ब्रम्हाण समाजका सदस्यहरु संगको छलफल ।

मिति २०७७।०५।१४ गतेका दिन सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा ब्रम्हाण समाज नेपाल जिल्ला कार्य समिति सुर्खेतका पदाधिकारी एवं अन्य सदस्यहरुको उपस्थितिमा हाल फैलिरहेको कोरोना भाइरसको महामारी र नजिकै आइरहेका हिन्दु संस्कार अनुसारका सोह्रश्राद्ध, विवाह, ब्रतबन्ध, बिजयादशमी लगाएतका धार्मिक, सांस्कृतिक, सामाजिक संस्कारहरुका सम्बन्धमा बैठक बसी विभिन्न छलफल भयो । उक्त छलफलबाट धार्मिक संस्कारहरुलाई सम्पन्न गर्दा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने तथा सेनिटाइजर प्रयोग गर्दै धार्मिक संस्कार र विधिलाई छोट्याउदै बढी भिडभाड तथा जमघट नहुने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै अपनाउनुपर्ने सावधानिका सम्बन्धमा ब्रम्हाण समाज, सुर्खेतले बृहत छलफल गरी आचारसंहिता बनाई सो को जानकारी जिल्ला प्रशासन कार्यालय, सुर्खेतलाई गराउने जस्ता निर्णयहरु भयो । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .