2078-05-22
2078-05-22

"व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन" भन्ने नाराका साथ आज मिति २०७८ साल भाद्र २२ गते १८ औं निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वय र डिभिजन वन कार्यालय, सुर्खेतको आयोजनामा राष्ट्रसेवक वृक्षारोपण राष्ट्रिय अभियान संचालनका साथै कार्यालय परिसर लगायत सडक क्षेत्रको सरसफाई गरियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यू लगायत जिल्लास्थित सम्पूर्ण कार्यालयहरुका कार्यालय प्रमुख एवं जिल्लास्थित सुरक्षा निकायहरुको प्रमुखज्यूहरुको समेत उपस्थिति रहेको थियो ।







