Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

नगर प्रमुख एंव अध्यक्षज्यूहरु संगकाे छलफल सम्पन्न (२०७७।०२।३२)

2077-02-32

2077-02-32


मिति २०७७ जेष्ठ ३२ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षता जिल्ला स्थित स्थानीय तहका प्रमुख एवं अध्यक्षज्यूहरुको उपस्थितिमा बैठक  सम्पन्न भयाे । उक्त बैठकबाट क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको अवधि पुरा गरी होम क्वारेन्टाइनमा राख्नुपर्ने व्यवस्था रहेकोले त्यस्ता व्यक्तिहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाइनमा राखी क्वारेन्टाइनमा बसे/नबसेको अनुगमन व्यवस्था मिलाउने साथै सामाजिक पुर्नस्थापनाको लागि मनोसामाजिक परामर्श जस्ता कार्यक्रमहरुलाई प्राथमिकता दिने, जिल्ला स्थित नगरपालिका/गाउँपालिकाहरुले बजार अनुगमन कार्यलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि संयोजक तोकी बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउने, प्रत्येक वर्ष नेपालमा भित्रिने मनसुनका कारण यस जिल्लामा समेत हुन सक्ने बाढी, पहिरो तथा डुवान जस्ता प्रकोपबाट मानवीय तथा भौतिक क्षती न्यूनीकरण गर्न स्थानीय विपद् पूर्व तयारी प्रतिकार्य योजनालाई तयार गरी कार्यान्वयनमा ल्याउने, वर्तमान समयमा कोभिड–१९ को संक्रमण बढ्दै गएको र संक्रमितहरुको संख्यामा समेत वृद्धि भएको हुँदा नागरिकहरुलाई स्वास्थ्य सम्वन्धी सल्लाह र उत्पन्न समस्याहरुलाई तत्काल सम्वोधनका लागि हेल्थ डेस्कको व्यवस्था गरी संचालनमा ल्याउने, प्रत्येक पालिकाले विरामीहरुको तत्काल उपचार स्थलसम्म पु¥याउनको लागि एम्बुलेन्स तयारी अवस्थामा राख्ने साथै शव बाहनको समेत व्यवस्थापनको लागि समन्वय गर्ने, बस्ती/टोलहरुमा नागरिकहरुको सुरक्षा अनुभूतिको लागि स्वयंसेवकको रुपमा टोल सुरक्षा समिति गठन गर्न लगाई संचालनमा ल्याउने व्यवस्था मिलाउने र जिल्लाका विभिन्न स्थानीय तहहरुमा संचालनमा रहेका क्वारेन्टाइनहरुमा कम्तीमा पनि एक जना सुरक्षाकर्मी अनिवार्य रुपमा रहने गरी व्यवस्था मिलाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने सम्वन्धी निर्णयहरु भयाे । 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .