2076-12-03
2076-12-03
मिति २०७६।१२।०३ गते वीरेन्द्रनगर नगरपालिकाको सभाहलमा प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा नियमित कार्यालय प्रमुखहरुको बैठक संचालन भयो । उक्त बैठकमा जिल्ला स्थित सरकारी कार्यालय तथा संस्थानहरुका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । सो बैठकमा गृह मन्त्रालयबाट प्राप्त सरकारी जग्गाको प्रयोग तथा कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानी तथा जिल्ला भए गरेका कार्यहरु सम्वन्धी छलफल भयो । सम्पूर्ण कार्यालयहरुले कार्यालयको उपयुक्त स्थानमा सेवाग्राहीहरुलाई समेत साबुनपानीले हात धुने व्यवस्था मिलाउने साथै सबै कार्यालयहरुले आफ्नो कार्यालयको तोकिएको सूचना अधिकारीलाई कानूनमा व्यवस्था भए बमोजिम नियमित रुपमा सूचना उपलब्ध गराउने भन्ने निर्णय भयो ।