2078-06-22
2078-06-22
जिल्ला कोभिड व्यवस्थापन समिति DCMC का संयोजक श्री छविलाल रिजाल ज्यूको अध्यक्षतामा बैठक सम्पन्न भयो । उक्त बैठकबाट जिल्लामा कोभिड–१९ महामारीको वर्तमान अवस्थाको समिक्षा गर्नुका साथै यस जिल्लामा संचालन भईरहेको कोभिड–१९ विरुद्दको खोप अभियान सम्वन्धमा छलफल भयो, जिल्लामा कोभिड–१९ का कारण मृत्यु भएका मृतकहरुको शव व्यवस्थापनको लागि संचालनमा रहेका दुर्इवटा शव वाहनहरु मध्ये सुर्खेत उद्योग बाणिज्य संघद्वारा संचालित शव वाहन ज्यादै पुरानो र मर्मत गरिरहनु पर्ने अवस्थाको रहेको हुँदा थप एउटा नयाँ शव वाहन व्यवस्थापन गरिदिनको लागि सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतलार्इ अनुरोध गर्ने भनी मिति २०७८।०३।१६ गते बसेको जिल्ला कोभिड व्यवस्थापन समिति DCMC बाट निर्णय भएकोमा सो सम्वन्धि कार्य प्रगतिका सम्वन्धमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले फलो अप गर्ने, बिजयादशमी र दिपावली जस्ता चाडपर्वमा लामो अवधिको सार्वजनिक विदा हुने भएको हुँदा कोभिड–१९ को परीक्षण सम्वन्धी कार्यलाई उक्त विदाको समयमा पनि नरोकिने गरी सम्वन्धित निकायले व्यवस्था मिलाउने, स्वास्थ्यका लागि सक्षम प्रणाली SSBH सुर्खेतबाट कोभिड–१९ रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका सम्वन्धमा हालसम्म भए गरेका क्रियाकलापहरुको प्रस्तुतीकरण हुनुका साथै कोभिड – १९ को संक्रमणको दर हाल केही कमी देखिएता पनि पूर्ण रुपमा नियन्त्रण भई नसकेकोले चाडपर्वको समयमा समेत बढी भिडभाड तथा भेला जम्मा भई जात्रा, महोसत्व नगर्ने र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबै सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने जस्ता निर्णयहरु भयो ।