2077-08-24
2077-08-24

मिति २०७७।०८।२४ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षता, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशका सचिव श्री आनन्द सारुज्यूको विशेष उपस्थिति तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख श्री देव कुमार सुवेदी, जिल्ला समन्वय समिति सुर्खेतका जिल्ला समन्वय अधिकारी दुर्गा प्रसाद चालिसे, वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्षज्यूहरु, नापी कार्यालय र मालपोत कार्यालय सुर्खेतका प्रमुखज्यूहरु लगायतको उपस्थितिमा मालपोत कार्यालय, वीरेन्द्रनगर सुर्खेतबाट प्रवाह हुने सेवालाई सहजता प्रदान गर्नको लागि बैठक सम्पन्न भयो । उक्त बैठकमा मालपोत कार्यालय, वीरेन्द्रनगर सुर्खेतमा सेवाग्राहीको उत्याधिक भिडभाड हुन गएको र सो भिडलाई न्यूनीकरण गर्न र सेवाग्राहीलाई सहज रुपमा सेवा दिनका लागि लिखित पारित गर्ने कार्यका लागि सेवा विस्तार गर्ने, उक्त सेवा विस्तारका लागि भौतिक संरचनाका साथै सेवाग्राहीलाई सहज रुपमा सेवा दिने वातावरण मिलाउने जस्ता विषयहरुमा छलफल भयो ।