7 महिना अगाडी
2079-03-12
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस
जुन २६, २०२२ (२०७९ असार १२ गते)
लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस- जुन २६, २०२२ (२०७९ असार १२ गते) "मानवीय, स्वास्थ्य संकटको बेला झन्, लागू औषध चुनौतीको गरौं सम्बोधन" भन्ने नाराका साथ सुर्खेत जिल्लामा विभिन्न कार्यक्रम गरी मनाइयो। मिति २०७९ असार ११ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतको अगुवाइमा जनस्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, लागू औषध विरुद्ध कार्यक्रम सञ्चालन गरिरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित टोलीबाट यस जिल्लामा सञ्चालन भएका विभिन्न पाँचवटा पुनर्स्थापना केन्द्रहरुको अनुगमन निरीक्षण कार्य सम्पन्न गरियो। साथै, मिति २०७९ असार १२ गते बिहान ०७:०० बजे कर्णाली प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री हिम बहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका सचिव दिनेश सागर भूसाल, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, विभिन्न कार्यालयका कार्यालय प्रमुख/कर्मचारीहरु, सामुदायिक प्रहरी, लागू औषध विरुद्धको क्षेत्रमा कार्यरत विभिन्न अभियन्ताहरु, विभिन्न स्कूल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरु र पत्रकार समेतको सहभागितामा मंगलगढी चोकबाट प्रभातफेरी कार्यक्रम गरी पिपलचौतारीमा कोणसभामा परिणत भई माननीय मन्त्रीज्यू, नगर प्रमुखज्यू, प्रमुख जिल्ला अधिकारी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष लगायतबाट मन्तब्यका साथ कार्यक्रम समापन भएको थियो। यस क्रममा विद्यार्थी, कर्मचारी, व्यवसायी र आम नागरिकलाई सचेत र जागरुक हुँदै लागू औषध दुर्व्यसन तथा ओसारपारविरुद्ध लाग्न र अभिभावकहरु तथा औषधि बिक्रेताहरु युवा पुस्ताप्रति थप जिम्मेवार हुन आग्रह गरिएको थियो।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत
Powered By: ProActive Developers