2076-10-12
2076-10-12

गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा मिति २०७६।१०।१० र ११ गते दुइ दिनसम्म सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित सिद्धार्थ होटलमा संचालन भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मिति २०७६।१०।११ गते कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीज्यूको अध्यक्षता र माननीय गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ज्यू प्रमुख अतिथ्यतामा उक्त गाेष्ठी संचालन भएकाे थियाे । उक्त गाेष्ठीमा विशेष अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहीज्यू, अतिथिहरु गृह सचिव प्रेम कुमार राईज्यू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका प्रमुख सचिव केबल प्रसाद भण्डारीज्यू, मा. गृहमन्त्रीज्यूका विज्ञ सल्लाहकार सूर्य प्रकाश सुवेदी पथिकज्यू, मा. गृहमन्त्रीज्यूका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राईज्यू, नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालज्यू, सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेश अधिकारीज्यू, नेपाली सेना जंङ्गी अड्डा भद्रकाली काठमाडाैंका उपरथि राजेन्द्र कार्कीज्यू, उत्तरपश्चिम पृतना हेड क्वाटर नेवारे सुर्खेतका उपरथि सरोज प्रताप राणाज्यू, कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवज्यू, गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सह–सचिव एवं प्रवक्ता केदारनाथ शर्माज्यू, गृह मन्त्रालय प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख एवं सह–सचिव राम प्रसाद आचार्यज्यू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सह–सचिव ईन्दु घिमिरेज्यू, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेज्यू, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरु, कर्णाली प्रदेशका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थितिमा उक्त सुरक्षा गोष्ठी संचालन भएकाे थियाे । साथै उक्त कार्यक्रममा १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरुबाट जिल्लाकाे शान्ति सुरक्षाकाे अवस्था, सुरक्षा चुनाैतीका साथै समस्या र समस्या समाधानका लागि संघ र प्रदेशसंग गरिएका नीतिगत अपेक्षाहरुकाे प्रस्तुतीकरण गर्नुभएकाे थियाे ।
