Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न । (२०७७।०९।२२ गते)

2077-09-23

2077-09-23


मिति २०७७।०९।२२ गते प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भयो । उक्त बैठकबाट कोभिड १९ को महामारीको जोखिमलाई समेत ध्यानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चिसो बाट हुने संभावित जोखिमलाई न्यूनिकरण गर्न पूर्वतयारी, राहत उद्धार तथा पुनस्र्थापना कार्यमा सवै सरोकारवाला निकाय संलग्न हुने, स्थानीय सरकार, स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसइटी जिल्ला शाखा तथा उप शाखा सुरक्षा निकायहरु र NGO लगायतका निकायहरुसँग समन्वय गरी चिसोबाट हुन सक्ने समांधावित जोखिम न्यूनिकरणका लागि पूर्वतयारीमा जुट्ने, चिसबाट प्रभावित हुने हुन सक्ने विपन्न समुदाय एवं वस्तीहरुको पहिचान गर्ने र पहिचान भएको समुदाय एवं वस्तीहरुमा रहेको व्यक्ति समुदाय एवं परिवारहरु मध्य पनि अति विपन्न न्यानो कपडा नभएका, दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, जेष्ठ नागरिक लगायत बढी जोखिमपूर्ण वर्गलाई संकटासन्नहरुको संख्या एकिन गर्ने । (परिवारको सदस्य संख्या तथा घरमुलीको नाम समेत), पहिचान भएका अतिविपन्न व्यक्ति तथा परिवारलाई अत्यावश्यक पर्ने राहत सामाग्री उपलब्ध गर्ने गराउने यस्तो रहत उपलब्ध गराउदा स्थानीय आपुर्तिकर्ता (निजी वा सरकारी) सँग संझौता गरी पुनर्भरण (Replenish) को आधारमा Standby Arrangement गर्ने (सामाग्री वितरण गर्नु नपरेमा रकम खर्च नहुने गरी संझौता गर्ने), विपद सम्बन्धि सवै काम कारवाही र घटनाहरुको नियमित जानकारी जिल्ला विपद् व्यवस्थापन समिति सुर्खेत (जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र सुर्खेत) को फोन ०८३५२१३००, ०८३५२११२१ फ्याक्स नं. ०८३५२०३११ तथा इमेल ठेगाना deocsurkhet@gmail.com वा surkhetdao@gmail.com  मा जानकारी गराउने, चिसोबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण तथा व्यवस्थापन गर्नका लागि चिसो आकस्मिक योजना २०७७, सुर्खेत लाई यसै वठक बाट अनुमोदन गर्ने, चिसो वाट जोगिन अपनाउनु पर्ने सावधानी बारे स्थानिय रेडियो, टिभि, एफ.एम. मार्फत जनचेतनामुलक सन्देश प्रवाह गर्न सवै सरोकारवाला निकाय संग समन्वय गर्ने गराउने, विपद्को अवस्थामा प्रयोग गर्न सकिने गरी आस्थायी आश्रय स्थल निर्माण प्रयोजनकालागि खुल्ला क्षेत्र (Open space) भइसकेको भए कहाँ कुन पालिकाको कति क्षेत्रलाइ आश्रय स्थान पहिचान गरिएको छ । पहिचान नभएको भए पहिचान गरि विवरण पठाउने, जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र सुर्खेतको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र कार्य संचालन विधि DEOC SOP को पहिलो मस्यौदा पेश गरि थप सुझावको लागि राष्ट्रिय आपत्कालिन कार्य संचालन केन्द्र, प्रदेश आपत्कालिन कार्यसंचालन केन्द्र स्थानिय तह तथा अन्य सरोकावाला निकायमा पठाउने, जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको भवन निमार्ण गर्न आर्थिक सहयोग गर्नुहुने चौकुने गाउँपालिका, वराहाताल गाउँपालिका, चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, पन्चपुरी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगगा नगरपालिका, गुर्भकोट नगरपालिका, लेकवेशी नगरपालिका तथा कार्यलय व्यवस्थापनका लागि आर्थिक सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी (PER)  परियोजना लाई समेत स–धन्यवाद दिने र यस वर्षको राष्ट्रिय भुकम्प सुरक्षा दिवस सवै स्थानिय तहहरुमा विभिन्न कार्यक्रम गरि मनाउने जस्ता निर्णयहरु गरियो । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .