2078-02-28
2078-02-28

मिति २०७८।०२।२८ गते प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा Zoom Meeting मार्फत जिल्ला विपद् व्यवस्थापन समिति (DDMC) सुर्खेतको बैठक सम्पन्न भयो । उक्त बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका प्रमुख/उप–प्रमुख, अध्यक्ष/उपाध्याक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्लाका विषयगत कार्यालयका प्रमुख, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष, नेपाल रेडक्रस सोसाईटी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा जल तथा माैसम विज्ञान कार्यालय सुर्खेत हाल काेहलपुरका कार्यालय प्रमुख विनाेद पराजुलीले यस वर्षको मनसुनकाे प्रभाव र हुन सक्ने वर्षातकाे बारेमा तयार पारिएको माैसम पूर्वानुमान सम्वन्धी प्रस्तुतीकरण गर्नुभयाे । यस जिल्लामा हाल कोभिड–१९ को संक्रमण, जोखिम, रोकथाम र उपचारको अवस्थाकाे बारेमा समिक्षा गरिनुका साथै मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार मनसुनको असर सम्वन्धमा छलफल गरी मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७८ लाई सुझाव सहित अन्तिम रुप दिने, जिल्लामा बाढी, पहिरो लगायतका विपद्जन्य घटनाबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा जोखिम बस्तीमा रहेका व्यक्ति तथा परिवारहरुलाई जनचेतना फैलाउने, वर्षातको समयमा हुन सक्ने सडक अवरुद्धलाई खुलाउने सम्वन्धमा यन्त्र उपकरणको व्यवस्था गर्ने, विभिन्न विषयगत कलष्टरहरुको विभाजन गरी जिम्मेवारी बाँड्फाड गरिनुका साथै विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७८ लाई सुझाव सहित पारित गर्ने, सार्वजनिक निर्माण कार्य सम्पन्न गरी निर्माण स्थलमा बाँकी रहेका निर्माण सामाग्रीहरुलाई व्यवस्थित गर्ने/गर्न लगाउने र सबै स्थानीय तहहरुले स्थानीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई स्थानीय विपद् व्यवस्थापन कोषको रकममा बढोत्तरी गर्ने जस्ता निर्णयहरु गरियो ।



