Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न । (२०७७।१२।१०)

2077-12-10

2077-12-10


मिति २०७७ चैत्र १० गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भयो । उक्त बैठकबाट जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र सुर्खेतको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र कार्य संचालन विधि DEOC SOP को कार्ययोजना २०७७ स्वीकृत गरियो । आगलागी आकस्मिक योजना २०७७ स्वीकृत गरी आगलागी तथा हावाहुरी जन्य विपद्को जोखिम न्यूनीकरण गर्नका लागि कार्ययोजना कडाईका साथ लागु गर्ने, विपद् सम्बन्धी सबै काम कारवाही र घटनाहरुको नियमित जानकारी जिल्ला विपद् व्यवस्थापन समिति सुर्खेत (जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र, सुर्खेत) को फोन नं. ०८३–५२१३००, ०८३–५२११२१, फ्याक्स नं. ०८३–५२०३११ तथा इमेल ठेगाना deocsurkhet@gmail.com वा surkhetdao@gmail.com मा जानकारी गराउने, सबै स्थानीय तहमा चिसोबाट हुने जोखिमलाई व्यवस्थापन गर्न संचालन गरिएका गतिविधिहरुको विवरण तथा हाल सबै स्थानीय तहहरुसंग रहेको मौजुदा विपद् व्यवस्थापन कोषको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा जानकारी पठाउने, हाल कोभिड–१९ को प्रकोप छिमेकी मुलक भारतमा थप क्रियाशील भई संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भएको सन्दर्भमा खुला सिमानाको कारण सीमानाकाहरुबाट मानिसहरुको आवतजावत बढी भएको देखिएकोले स्वास्थ्य मन्त्रालयबाट मिति २०७७।१२।०८ मा समेत प्रेस विज्ञप्ती मार्फत आम नागरिकलाई सजग र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न गराउन समेत अनुरोध भएको हुँदा स्वास्थ्य सम्वन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने गराउने जस्ता निर्णयहरु गरियो । त्यसै गरी जिल्ला प्रशासन कार्यालय, सुर्खेतको हाता भित्र निर्माण भई संचालनमा रहेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्र (DEOC) को भवन निर्माणमा सहयोग पु¥याउने जिल्ला स्थित सम्पूर्ण पालिकाहरुलाई प्रमुख जिल्ला अधिकारीज्यूबाट कदर पत्र समेत प्रदान गरियो । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .