Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

वीरेन्द्रनगर-७, सुर्खेत

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

वीरेन्द्रनगर-७, सुर्खेत

जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न (२०७७।०४।०९)

19 दिन अगाडी

2077-04-09


मिति २०७७।०४।०९ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भयो । उक्त बैठकबाट मिति २०७७ श्रावण १ देखि सुर्खेत लगायत देशैभरी वर्षा भरहेकोले झुप्रा खोला, सिम्ता खोला, खहरे खोला, चिङ्गाड खोला, गोछे खोला, भेरी नदी, कर्णाली, ईत्राम खोला, तल्लो तटिय क्षेत्र तथा पहिरो जान सक्ने जोखिमयूक्त स्थानहरुमा उच्च सर्तकता अपनाउन सवै समुदायलाई अनुरोध गर्ने, सुर्खेत लगायत देशैभरी भारी वर्षा भैरहेकोले पूर्व तयारीका साथ बाढी तथा ढुवानबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि तयारी अवस्थामा रहन स्थानीय तहलाई अनुरोध गर्ने । साथै सुरक्षा निकाय, विषयगत क्षेत्रका सदस्यहरु, राजनीतिक दल, सञ्चारकर्मी, रेडक्रस, संघसस्थाहरु लगायत सवै सरोकारवाला निकायले पनि आफ्नो क्षेत्रबाट पूर्वतयारीका साथ रहन अनुरोध गर्ने, मनसुन शुरु भएकाले अत्यधिक वर्षा भई डुवान, पहिरो हुन सक्ने सम्भावित जोखिमबाट निर्माण भै रहेका संरचनाहरुको समेत क्षति हुन सक्ने प्रवल सम्भावना देखिएकोले निर्माण गरिएका निर्माण कार्य तथा संरचनाको समेत संरक्षणका लागि उचित व्यवस्थापन गर्न मनसुन रहुन्जेल सम्म सम्बन्धित निर्माण व्यवसायीहरुले जोखिम न्यूनिकरण गर्न अनिवार्य रुपमा निर्माण कर्यामा प्रयोग हुने बाँकि निर्माण समाग्री, यन्त्र उपकरण/ Exavator आदि आ–आफ्नो निमार्ण स्थलहरुवाट व्यवस्थापन गरी जोखिम न्यूनिकारण गर्ने, नेपाल सरकार मन्त्रिपरिषद्ले मिति २०७७।०४।०५ गते प्रकोप पीडित उद्धार र राहत सम्बन्धि मापदण्ड, २०६४ लाई समसामयिक संशोधन गरी विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौ संशोधन) मापदण्ड २०७७ लाई यसै वैठकबाट जानकारी गराउनुका साथै सवै स्थानिय तहहरुलाई पत्राचार गर्ने, जिल्ला अपत्कालिन कार्य संचालन केन्द्रमा रहेको रवरवोट लाई परिक्षण गर्नका लागि सुरक्षा निकायको सहजिकरणमा आगामी साता भित्र परिक्षण नमूना अभ्यास गर्ने, विपद पीडित उद्धार र राहत सम्बन्धी (सातौ संशोधन) मापदण्ड २०७७ अनुसार प्रभावकारी खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि २५ जना तालिम प्राप्त जनशक्ति उद्धार समाग्री सहित जुनसुकै वेला परिचालन हुने गरि सुरक्षा निकाय वाट व्यवस्थापन हुने गरि व्यवस्थापन गर्ने, हाल लकडाउन खुलेको अवस्था भएता पनि यस सुर्खेत जिल्लामा कोभिड–१९ को जोखिम रहिरहेको हुदाँ, कोभि–(१९ को जोखिमलाई न्यूनिकारण गर्नका लागि सावर्जनिक स्थल तथा कार्यालयमा जाँदा अनिर्वय रुपमा माक्स तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्ने गराउने, विपद् पूर्व तयरी तथा प्रतिकार्य योजना (आठौँ संस्करण) २०७७ प्रकाशन गर्न सहयोग गर्नुहुने नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखा, समाज जागरण केन्द्र (स्याक) नेपाल , सुर्खेत, वातावरण सुधार समाज, सुर्खेत, सुन्दर नेपाल संस्था, सुर्खेत लगायत सवै संघसस्थालाई धन्यवाद प्रदान गर्ने र गृह मन्त्रालयको मिति २०७७ श्रावण ७ गतेको प्राप्त प्रत्रनुसार यस जिल्लाका  विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनामा समावेस रहेका जोखिमयूक्त स्थानमा रहेका वासिन्दाहरुलाई स्थानिय तहको समन्वयमा तत्काल अस्थायी रुपमा सुरक्षित स्थलमा स्थानान्तरण गर्ने र बाढी , पहिरो ढुवान तथा काटानका कारण अवरोध भएका सड्क मार्गहरु उपलव्ध जनशक्ति र श्रोत साधन परिचालन गरि तत्काल अवागमन सुचारु गर्ने जस्ता निर्णयहरु भयो ।