Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला विपद् व्यवस्थापन समितिकाे बैठक सम्पन्न (२०७७।०३।१९)

2077-03-19

2077-03-19


मिति २०७७ असार १९ गतेका दिन जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भयाे । उक्त बैठकबाट नोवेल कोरोना भाइरस रोग (COVID-19) को संक्रमण र जोखिम बढ्दै गइरहेकोले भारत, तेश्रो मुलुक लगायत अन्य जिल्लाबाट मानिसहरु आउने क्रम केही कमी भएता पनि हालसम्म नरोकिएकोले यस जिल्लामा समेत सावधानी तथा सतर्कता अपनाउने एवम् सुरक्षा व्यवस्थामा समेत सहजता ल्याउन संचालनमा रहेका क्वारेन्टिनहरुलाई पालिकास्तरमा एकीकृत रुपमा संचालन गर्ने व्यवस्था मिलाउने, लामो समयसम्म कोभिड–१९ का कारण विद्यालय बन्द रही बालबालिकाको पठनपाठनमा समेत बाधा परेको हुँदा क्वारेन्टिनमा बस्ने व्यक्तिहरुको संख्यामा क्रमश घट्दो क्रम रहेकोले सम्भव भए सम्म अन्य भवनको प्रयोग गरी विद्यालयबाट क्वारेन्टिन हटाई पठनपाठन सहज हुने वातावरण मिलाउदै जाने, विपद् व्यवस्थापन अन्र्तगत विभिन्न कलष्टरको नेतृत्व गर्ने कार्यालय, संघसंस्थाहरुले हुन सक्ने विपद्लाई मध्य नजर गरी आवश्यकता अनुसार नियमित समन्वय, सम्पर्कको माध्यमबाट तयारी अवस्थामा रहने, हाल नेपालका विभिन्न जिल्लाहरुमा सलह किराहरुको प्रकोप बढे संगै यस जिल्लामा समेत प्रकोप बढी कृषि बाली नष्ट हुनबाट बचाउन सलहको झुण्डहरु कुन दिशाबाट आएको, कति संख्यामा रहेको साथै कुन दिशा तर्फ जाँदै छन् भन्ने कुराको विषयमा स्थानीय तहमा रहेका कृषि शाखा मार्फत जानकारी लिई नियन्त्रणका उपाय अपनाई सो को दैनिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा गर्ने व्यवस्था मिलाउने र रोकथाम नियन्त्रणका लागि अवलम्वन गर्नुपर्ने विधिहरु बारे जनचेतना अभिवृद्धि गर्ने, यस वर्षको मनसुनले पार्ने प्रभावलाई समेत मध्यनजर गरी सबै स्थानीय तहले खोजउद्धारका सामाग्री, भारी यन्त्र उपकरण आदिको व्यवस्था र स्थानीय विपद् व्यवस्थापन कोष अभिवृद्धि गर्ने साथै आ.व. २०७६।०७७ को श्रावण देखि हालसम्म मानवीय क्षतीको राहत वितरण नगरिएता पनि विभिन्न विपद्का घट्नाबाट प्रभावित व्यक्तिहरुलाई राहत स्वरुप वितरण भएको रकम रु १,४८,०००।– (अक्षरुपी एक लाख अड्चालिस हजार मात्र) को खर्च समर्थन गर्ने जस्ता निर्णयहरु भयाे ।  

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .