Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला स्ठित विभिन्न यातायात व्यवसायीहरु संगकाे सार्वजनिक सवारी साधन संचालन सम्वन्धी छलफल (२०७७।०४।०७)

2077-04-07

2077-04-07


मिति २०७७।०४।०७ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीज्यूको अध्यक्षतामा सुर्खेत जिल्ला स्थित विभिन्न यातायात व्यवसायीहरुसंग जिल्ला भित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्दा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्मको लागि जिल्ला भित्र मात्र संचालन हुने यात्रुवाहक सार्वजनिक यातायातमा चालक सहित सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु राख्ने, एक पङ्गितको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्र राख्ने, यो व्यवस्था लागू रहँदासम्मका लागि मात्र ट्याक्सी बाहेकका अन्य सवारी साधनको हकमा तोकिएको भाडा दरको ५० प्रतिशत सम्म थप भाडा लिन पाउने, सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनको भित्र स्यानिटाइजरको व्यवस्था गर्ने । चालक तथा सह–चालकले समेत अनिवार्य रुपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङक्रमित गर्ने, लामो दूरीका सवारी साधनले स्थानीय रुटमा सवारी साधन नचलाउने र वीरेन्द्रनगरमा रहेको बसपार्कमा राखिएको आइसोलेसनलाई अन्यत्र व्यवस्थापन गरी बसपार्क संचालनमा ल्याउन वीरेन्द्रनगर नगरपालिकालाई अनुरोध गर्ने जस्ता निर्णयहरु उक्त छलफलबाट गरियो । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .