2077-08-07
2077-08-07

मिति २०७७।०८।०७ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एवम् गुणस्तर सम्वन्धी निर्देशिका, २०७५ कार्यान्वयन गराउने सम्वन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख श्री भेष बहादुर थापा र जिल्ला स्थित सरोकारवाला दुग्ध व्यवसायीहरुसंगको बैठक सम्पन्न भयाे । उक्त बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेतले दुग्ध व्यवसायीहरुलाई उक्त निर्देशिका, २०७५ को विषयमा ३ पटक तालिम तथा अन्तरक्रिया गराई सचेतना समेत गराइ सकेकाले अनिवार्य रुपमा निर्देशिकामा भएका प्रावधानहरु पूर्णरुपले पालना गराउने, निर्देशिकाले व्यवस्था गरे अनुसार डेरी उद्योगीहरुले दुध प्रशोधन (पास्चुराइजेशन, चिस्यान), लेवलिङ्ग, प्याकेजिङ्ग गरेर नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरयुक्त दुग्धजन्य पदार्थहरु मात्र विक्री वितरण गर्ने र २०७७ साल मंसिर २५ गते भित्र निर्णय कार्यान्वयन नगरेको पाइए कानून बमोजिम कारवाही गर्ने जस्ता निर्णयहरु गरियाे ।