2077-06-04
2077-06-04
मिति २०७७ आश्विन २ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षतामा जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुखहरुको बैठक सम्पन्न भयो । उक्त बैठकबाट गृह मन्त्रालयको च.नं. ७१ मिति २०७७।०५।२५ को पत्रबाट २०७७ सालको संविधान दिवस मनाउने सन्दर्भमा संविधान दिवस मूल समारोह समितिको बैठकबाट निर्णय भए अनुसारका प्राप्त कार्यक्रमहरुको बारेमा बैठकमा जानकारी गराउनुका साथै वर्तमान समयमा कोभिड–१९ को सन्दर्भमा स्वास्थ्य सुरक्षा अपनाउदै आश्विन २, ३ र ४ गते दिपावलीका साथै उक्त निर्णयमा तोकिएका अन्य कार्यक्रमहरु समेत गरी संविधान दिवस २०७७ मनाउने, गृह मन्त्रालयको च.नं. ८५२ मिति २०७७।०५।३१ को पत्र साथ प्राप्त नेपाल सरकार मन्त्रि परिषद्को बैठकको निर्णय बमोजिम भएका व्यवस्थाहरुलाई बैठकमा जानकारी गराउनुका साथै सो अनुसार उक्त निर्णयहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियन निर्वाचन मिति २०७७।०६।२४ गते हुने गरी यस जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेकोले मतदाता रहने कर्मचारीहरुलाई जानकारी गराई मतदाता नामावली यथासिघ्र निर्वाचन अधिकृतको कार्यालयमा पठाउने, लामो समयसम्मको कोभिड–१९ को प्रभाव पश्चात पसल, व्यवसाय खुल्ने क्रम संगै उपभोक्ता ठगी हुने गुनासो समेत प्राप्त हुने हुँदा बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्ने हुँदा स्थानीय बजार अनुगमन समितिबाट बजार अनुगमन गरी उपभोक्ता हित संरक्षणको लागि सक्रिय बनाउने, बर्षायामको समाप्ती संगसगै विभिन्न चाडपर्वहरु समेत नजिकिदै गरेको हुँदा आ–आफ्नो कार्यालय सरसफाइ तथा रङरोगन गरी आकर्षक तथा स्वच्छ देखिने गरी व्यवस्था मिलाउने र वस्तुगत मूल्याङ्कनका आधारमा मात्र कुनै पनि व्यक्तिको मूल्याङ्कन गरी सम्मान, पुरस्कार तथा दण्ड गर्न सकिने हुँदा सिमित श्रोत साधनबाट समेत आफ्नो कार्यालयमा कुनै नवपर्वतनीय कार्य गरे÷भएको पाइएमा सो कार्य समेत उल्लेख गरी कर्मचारीको नाम समेत जिल्ला प्रशासन कार्यालयमा पठाउने जस्ता निर्णयहरु भयो ।