Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुखहरुकाे नियमित बैठक सम्पन्न (२०७७।०९।०२)

2077-09-02

2077-09-02


मिति २०७७।०९।०२ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री हिरालाल रेग्मीज्यूको अध्यक्षता र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रमुख श्री नारायण प्रसाद रिसालज्यूको विशेष उपस्थितिमा जिल्ला स्थित विभिन्न कार्यालयहरुका कार्यालय प्रमुखहरुसंगको नियमित मासिक बैठक सम्पन्न भयो । उक्त बैठकमा गृह मन्त्रालयबाट विभिन्न मितिमा प्राप्त निर्देशन एवं निर्णयहरु जानकारी गराउनुका साथै जिल्लामा सुशासन कायम गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कार्यालय प्रमुखहरुले खेल्नुपर्ने विभिन्न भूमिकाका सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका प्रमुख श्री नारायण प्रसाद रिसालज्यूबाट सबै कार्यालय प्रमुखहरुलाई सो सम्वन्धमा निर्देशन दिनुभयाे । साथै जनस्वास्थ्य सेवा कार्यालय, कर्णाली प्रदेश सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत श्री चेतननिधि वाग्लेबाट हाल यस जिल्लाको कोभिड–१९ सम्वन्धी संक्रमण तथा सो को रोकथाम सम्वन्धमा गरिएका विभिन्न क्रियाकलापहरुको जिल्लाको स्थिति सम्वन्धमा बैठकमा जानकारी भयाे र कोष तथा लेखा नियन्त्रक कार्यालय, सुर्खेतका प्रमुख कोष नियन्त्रक श्री राजेन्द्र पराजुलीबाट हाल सरकारी घर जग्गा तथा जिन्सी व्यवस्थापनका सम्वन्धमा भएका कानूनी व्यवस्थाका बारेमा बैठकमा जानकारी गराउनुभयाे । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .