Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुर्खेत

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला प्रशासन कार्यालय सुर्खेतको निषेधाज्ञाकाे कार्यान्वयन सम्वन्धी अनुगमन

2078-01-17

2078-01-17


विश्वव्यापी माहामारीको रुपमा फैलिईरहेको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमण तिव्र रुपमा बढ्दै गईरहेको अवस्थालाई गम्भिरतापूर्वक लिंदै यस जिल्लाभर मिति २०७८।०१।१४ गते राती १२ः०० बजेदेखि २०७८।०१।२१ गते राती १२ः०० बजेसम्म प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भएकोमा मिति २०७८।०१।१५ गते देखि २०७८।०१।१६ गते सम्म उक्त आदेशको प्रभावकारी कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतकाे नेतृत्वमा निम्नानुसार कार्यहरु भएको । 

१) मिति २०७८।०१।१५ गते निषेधाज्ञाको उलंघन एवं अवज्ञा गर्ने महिला २२२ र पुरुष ७९३ गरी जम्मा १०१५ जनालाई सम्झाई बुझाई छाडिएको, २२ वटा सवारी साधन नियन्त्रणमा लिईएको, मास्क नलगाई अत्यावश्यक काममा हिडडुल गर्ने व्यक्तिहरुलाई ६४५ वटा मास्क वितरण गरिएको र अटेर गरी निषेधाज्ञा उल्लंघन गर्ने ६० जना व्यक्तिहरुलाई जरीवाना गरी रु ६,०००।– राजश्व संकलन गरिएको । साथै उक्त दिन ९ वटा विभिन्न स्थानहरुमा सचेतनामूलक कार्यक्रम संचालन गरिएको । 

२) मिति २०७८।०१।१६ गते यस कार्यालयको अगुवाईमा वीरेन्द्रनगर बजार क्षेत्रका विभिन्न स्थानहरुमा रहेका जम्मा ८ वटा स्वास्थ्य सामाग्रीहरु विक्री वितरण गर्ने पसलहरुमा अनुगमन गर्दा मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीहरु पर्याप्त मात्रा रहेको र अनुचित मूल्यमा विक्री वितरण नभएको । अनुगमनको क्रममा निषेधाज्ञाको उलंघन तथा अवेज्ञा गरी अनावश्यक हिडडुल तथा भेला जम्मा भएको कसुरमा विरेन्द्रनगर नगरपालिका वडा नं. ७ र ८ का विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका जम्मा ८ जना व्यक्तिहरुलाई जनिही रु ३००।– (एक दिन कैद बराबरको रकम) जरिवाना गरी  छाडिएको । साथै निषेधाज्ञाको उल्लंघन एवं अवेज्ञा गर्ने महिला १२४ र पुरुष ३०६ गरी जम्मा ४३० जनालाई सम्झाई बुझाई छाडिएको, अत्यावश्यक काममा हिडडुल गर्ने व्यक्तिहरुलाई ९० वटा मास्क वितरण गरिएको, अटेर गरी निषेधाज्ञा उल्लंघन गर्ने १२४ जना व्यक्तिहरुलाई जरीवाना गरी रु १२,४००।– राजश्व संकलन गरिएको र ३१ वटा सवारी साधन नियन्त्रणमा लिईएको । 

 

पछिल्लो अपडेट गरिएको : 2083-01-24 14:15:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुर्खेत .