2077-12-25
2077-12-25
मिति २०७७।१२।२५ गते जिल्ला प्रशासन कार्यालय, सुर्खेतमा प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालज्यूको अध्यक्षतामा सुर्खेत जिल्लामा रहेका सरकारी एवं निजी क्षेत्रका विभिन्न प्रादेशिक बैंकहरुका प्रमुख एवं प्रतिनिधिज्यूहरुसंग बैठक सम्पन्न भयो । उक्त बैठकमा जिल्लामा बैंकिङ क्षेत्रमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकायहरुसंग सम्वन्य गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउने, हाल बढ्दो क्रममा रहेको Cyber Crime, चोरी जस्ता गैरकानूनी क्रियाकलापहरुलाई न्यूनीकरण गर्न आवश्यक पर्ने प्रविधिको उच्चतम प्रयोग गर्ने, विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको दोश्रो चरणको कोभिड–१९ को जोखिमलाई कम गर्न सबै बैकहरुले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्ने गराउने जस्ता निर्णयहरु गरियो ।