2078-05-11
2078-05-11
आज मिति २०७८ साल भाद्र ११ गते प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) का अध्यक्ष श्री छविलाल रिजालज्यूको अध्यक्षता Zoom Meeting मार्फत जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) को बैठक सम्पन्न भयो । उक्त बैठकमा जिल्ला कोभिड व्यवस्थापन समिति (DCMC) का सदस्यज्यूहरु, जिल्लाका विभिन्न पालिकाका प्रमुख/अध्यक्षज्यूहरु, उप–प्रमुख/उपाध्यक्षज्यूहरु, प्रमुख प्रशासकीय अधिकृतज्यूहरु, स्वास्थ्य शाखा प्रमुखज्यूहरु, जनस्वास्थ्य सेवा कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका सभापति लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त बैठकमा विभिन्न पालिकाहरुमा हाल कोभिड–१९ को संक्रमणको अवस्था, उपचार, नियन्त्रण र खोप कार्यक्रमको बारेमा समिक्षा गरिएको थियो । सो बैठकमा प्रमुख जिल्ला अधिकारी र जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका स्वास्थ्यकर्मीबाट कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि २०७८ का बारेमा जानकारी गराइएको थियो । सो बैठकबाट स्थानीयस्तरमा परीक्षणको दायरा बढाउने जनस्वास्थ्य सेवा कार्यालयमा उपलब्ध गराइएको तथ्याङ्कको आधारमा विश्लेषण गरी जोखिम मूल्याङ्कन बमोजिम लकडाउनको प्रकृति अनुसार स्वास्थ्य मापदण्डको पालना गरी तोकिएको खुला गर्ने क्षेत्र/क्रियाकलापको पहिचान गरी क्षेत्र विशेष अनुसार निधेषाज्ञाको आदेशलाई परिमार्जन गर्दै कार्यान्वयन गर्ने जस्ता निर्णयहरु भयो ।